
तिमीलाई हेर्ने मेरो घिटी घिटी "सास" नहोस्
बाबु म मर्दा मेरो घरमा बासी "लास" नहोस्
स्वदेशमै जन्म्यौ ,पसिना यही सिञ्चित गर
म चाहन्छु मेरो छोरो, परदेशको "दास" नहोस्
बुढेसकालमा तिमी मेरो लठ्ठी बन्न खोज
तिम्रो र मेरो दूरी धर्ती र "आकाश" नहोस्
डाँडामाथिको घाम हामी अस्ताउनै लाग्दा
तिमी फर्कन्छौ या फर्कनौ मनमा "त्रास" नहोस्
बाबु आजको दिन महँगा उपहार चाहिँदैन
बस्!मलाई सधैं भरी तिम्रो "अत्यास" नहोस्
-रश्मी कडरिया