धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका वडा १७ र १८ का किसानहरुलाई एक दिने बेसारको मूल्य श्रृंखलाका लागि कृषकहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिएको छ।
यूके एड र युरोपियन युनियनको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजना तथा भीएसओ को प्राविधिक सहयोगमा प्रयास परियोजना अन्तर्गत गठन गरिएको समूहका किसानहरुलाई क्षमता अभिवृद्धिको लागि कार्यक्रम संचालन गरिएको बताइएको छ।

प्रयास परियोजना अन्तर्गत वातावरणीय कृषि प्रणाली लागु भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ मा रहेको हरियाली बजार तथा तरकारी कृषक समूह र जयभोले कृषक समूह वडा नं. १८ मा रहेका श्रीराम तरकारी उत्पादक समूह र भोलेश्वर कृषक समूहमा आवद्ध २६ जना किसानहरुलाई पर्यायवरणीय कृषि प्रणालीका लागि समूहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ माघ २१ गते १ दिने बेसारको मूल्य श्रृंखलाका लागि कृषकहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र जनकपुरका कृषि अधिकृत राम लोचन चौधरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका सचिव राम हरि शर्माले सहजीकरण गरेका थिए ।

सहजकर्ताहरुले कार्यक्रममा किसानहरुलाई बेसार (हर्दी)को महत्व लगाउन उपयुक्त माटो, विउ, मलखाद र बजारीकरणको बारेमा कृषकहरुलाई जानकारी गराएका थिए । समूहमा बेसार खेती प्रबद्र्धन गर्नका लागि महासंघले आवश्यक पर्ने विउ, सिप र महिला मैत्री कृषि औजार समेत उपलब्ध गराउने कुरा कृषक समूहका धनुषा अध्यक्ष दिपक कुमार ठाकुरले जनाए ।
महासंघले साना किसान, महिला किसान, भुमिहिन र पछाडी पारिए का वर्गका किसानहरुलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिने पनि जानकारी सचिव शर्माले जानकारी दिए।
कार्यक्रममा भिएसओका प्रतिनिधि अंकिता नेपाल र महासंघका अभियन्ता सुमन झाको समेत उपस्थिती रहेको थियो ।


