धनुषा- “कुरो होइन ,काम गरौं ,वैचारिक होइन ,व्यवहारिक बनौं ” भन्ने मुल नाराका साथ Save Hinduism Save Humanity संस्था का संथापक हिन्दुवादी समाजिक अभियन्ता सुदिप झाको अगुवाइमा नारी दिवसको उपलक्ष्यमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं-७ मा स्थित कुष्ठरोगी बस्ति का दलित साना बालबालिकाहरुलाई स्टेसनरी सहित खाजा वितरण गरिएको छ।
स्टेसनरी अन्तर्गत काँपि,कलम,कलर पेन, पेन्सिल वितरण गरिएको छ भने विस्कुट ,चक्लेट चोकोपन वितरण गरि ११२ औं अन्तराष्ट्रीय नारि दिवस मनाइएको हो।



उक्त कार्यक्रमको प्रमुख अतिथि को रुपमा राप्रपा जनकपुरधाम उपमहानगरपालिका का नगर सचिव नविन झा, हिन्दुवादी समाजिक अभियन्ता मोहन हिन्दुवादी, समाजिक अभियन्ता एवम् शिक्षक प्रेम झा लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो।
विभिन्न संघसंस्थाहरू आबद्ध रही धर्म रक्षा का निम्ति सुदिप झाको अगुवाइमा Save Hinduism Save Humanity नामक फेसबुक पेज खोलेर असाह्य विपन्न गरिब जस्ता व्यक्तिहरु लक्षित गरी अभियान स्वरूप निरन्तर समाज सेवा मा खटेका छन्।
सुदिप झाले फेसबुक लाईभ मार्फत भने:- “पुरुष शिक्षित भए केवल एक व्यक्ति शिक्षित हुन्छ तर नारी शिक्षित भए परिवार ,समाज र संसार नै शिक्षित हुन्छ । शिक्षाले उनी भित्रको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्छ। नारी आफू शिक्षित भएपछी सबैलाई माया र स्नेहका साथ शिक्षा प्रदान गर्ने क्षमता राख्छिन् ।आफ्नो सोच विचार प्रस्तुत गर्दै पुरुषसँग सहकार्य गरी उनी प्रगति पथमा अघि बढ्न सक्छिन्। आफ्नो व्यक्तित्व विकाससँगै सारा संसारको विकास गर्न उनी अथक अभ्यास गर्न पछी पर्दिनन्।तसर्थ सङ्कुचित सोच परित्याग गर्दै, नारीलाई शिक्षित बनाउन हरेक क्षेत्रका मानिसले आफ्नो ठाँउबाट सक्दो पहल गर्नुपर्छ। नारीले शिक्षाको सुन्दर ज्योति छर्दै संसारलाई विकासको मार्गमा हिँड्न प्रोत्साहन दिँदै सुनौलो बिहानी देखाउने भएकाले नारीलाई पुरुष बराबर स्थानमा पुर्याउन अति आवश्यक छ।
तसर्थ, महिला र पुरुषबीचको भेदभाव उन्मूलन गर्ने एक मात्र माध्यम शिक्षा भएकोले नयाँ युगको शुरुवातको लागि हाम्रो ,यो सानो प्रयास हो।




