धनुषा-धनुषा कांग्रेस सभापतिमा याेगेन्द्र पजियारको जित सुनिश्चित भएको छ । शेखर कोइराला समुहले निधि समुहका उम्मेदवार योगेन्द्र प्रजियारलाई समर्थन गर्ने भएपछि पजियारको जित सुनिश्चित भएको हो ।
अहिले जनकपुरधामको मिल्स एरिया स्थित निधी निवासमा पत्रकार सम्मेलनको आयोजना गरि कोइराला समुहले पजियारलाई समर्थन गर्न लागेको जानकारी गराउने तयारी भई रहेको छ ।



निधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयं दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थिती रहेको छ ।




