जनकपुरधाम : भोली शनिबार उदघाटन हुने बहुप्रतिक्षित जयनगर जनकपुर रेल्वमा नेपाली यात्रुले भारत जानको लागि पाँच नियमको पालना गर्नुपर्नेछ ।
जयनगर जनकपुर रेलमा यात्रा गर्दा भारतसम्म जानको लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राखे मात्र प्रवेश दिने पाँचवटा कागजातमध्ये पहिचान पत्र बोक्नुपर्ने जनाएको छ ।
सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले रेलको माध्यमबाट यात्रा गर्दा जारी गरिएको पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा राख्न भनिएको छ ।
रेलमा यात्रा गर्नको लागि नेपाली हो भनेर परिचय खुल्ने गरी वैद्य नेपाली परिचयपत्र अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । नागरिकता भएको व्यक्तिले नागरिकता बोक्न आग्रह गरिएको छ ।
नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र (भोटर कार्ड) अनिवार्य राख्नुपर्ने भनिएको छ । भारतको रेल सुरक्षा निकायले पासपोर्ट वा नागरिकता साथमा नभएको खण्डमा कम्तीमा भोटरकार्ड राख्न भनिएको छ ।
आकस्मिक प्रवेशको लागि भारतमा रहेको नेपालको महावाणिज्यदुतावासद्धारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र, प्रमाणपत्र बोक्न आग्रह गरिएको हो ।
यस्तै, १० देखि १८ बर्षसम्मको बालकको हकमा स्कूले आईडी कार्ड हुनुपर्ने बताइएको छ । आईडीकार्ड फोटो सहितको हुनुपर्ने भनिएको छ ।
१० बर्षभन्दा कमको बालबालिकाको लागि कुनै पनि प्रकारको पहिचानपत्र नचाहिने यदि उनीहरुसँग उनको आमाबुवा भएको खण्डमा जनाइएको छ ।
रेलमा यात्रा गर्दा र नेपाली भूमिबाट भारत प्रवेश गर्नको लागि कम्तीमा नेपाली नागरिकको पहिचान खुल्ने एक परिचय पत्र बोक्नुपर्ने नियम लागू गरिएको हो ।


