जनकपुरधाम- आउदो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाबाट उपमेयरमा नेपाली कांग्रेसले कुन उम्मेदवारलाई टिकेट दिने अहिले जनकपुरमा चर्चाको विषय बनेको छ ।
कांग्रेस बाट उपमेयरको लागि झन्डै आधा दर्जन महिलाहरू आकांक्षी रहेको छ । मुख्य रुपमा आकांक्षी देखिएकाहरु मध्ये इन्दिरा चौधरी, रिंकू कुमारी मिश्र (गायत्री), नीलम कणर्, सम्झना वर्मा, रुना झा , विजेता झा र निलम कणर्को नाम चर्चामा रहेको छ ।



संचारकर्मी रिंकू प्रेस यूनियन बाट अहिले नेपाल पत्रकार महासंघका केन्द्रीय सदश्य छीन भन्ने नीलम कणर् यस अघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस बाट उपमेयरमा उठेकि थिइन तर पराजित भईन । सम्झना वर्मा प्रवल उम्मेदवारको रुपमा रहेपनी पच्छिलो समय ऊनि कांग्रेस जिल्ला अधिवेशनमा निधि गुट परिवर्तन गरेकी थिईन् ।
विजेता र रुना कांग्रेसको नगर भित्र चर्चित अनुहारमा पर्छीन । तर नेपाली कांग्रेसले भने यस पटक यस क्षेत्रमा लोकप्रिय , जनप्रिय र पार्टी प्रति जिम्मेवारलाई नै अवसर दिने जानकारहरू बताउछन् ।
नगर भित्र सामाजिक सञ्जालमा संचारकर्मी रिंकू मिश्रको प्रभाव अन्यको तुलनामा बढी चर्चा हुने गरेको छ ।
प्रेस यूनियन बाट पहिलो पटक भएको प्रदेशको निर्वाचनमा महिला उपसभापति निर्वाचित भएकि रिंकूलाई यूनियनले महिला मधेशीबाट केन्द्रमा चुनावी मैदानमा उतारेको थियो । रिंकूले जितपनी हाशिल गरिन् । चुनावमा खास टिकट कस्ले पाउने भने यकीन भन्ने अवस्था छैन ।
त्यसैगरी नेतृ इन्दिरा चौधरीको पनि सशक्त दावेदारी देखिएको छ ।
नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झाका धर्मपत्नी रहनु भएकी चौधरी वि.सं. २०५२ सालमा नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेसको कार्यकर्ता भएर राजनीतिमा होमिएकी हुन् । यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको जनकपुरधाम नगर समितिले समेत चौधरी लाई उपमेयर कै लागि सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएको थिएन ।
चौधरीलाई जनकपुरधाम उपमहानगरको विभिन्न वडा समितिबाट उपमेयरमा सिफरिसका लागि तयारी गरिएको नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरको विभिन्न वडा समितिको पदाधिकारीहरुले नाम नखोल्ने सर्तमा बताएका छन् ।
नेपाली काँग्रेसको विभिन्न गतिबिधिमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी चौधरी अहिले नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि भएर कामकाज गरी रहेकी छिन् । समाज सेवाका लागि निकै नै सक्रिय देखिएकी चौधरी एमनेष्टी इन्टरनेशनल गु्रप ४७ को दुइ पटक संयोजक भएर कामकाज गरि सकेकी छिन् ।
सामाजिक क्षेत्रमा जनताले निकै नै रुचाएका चौधरीलाई राजनीतिमा समेत जनताले चौधरीलाई रुचाउने भनेर काँग्रेसको महिला संगठन देखि विभिन्न संगठनका नेता कार्यकताले चौधरीलाई उपमेयरमा पार्टीले टिकट दिनु पर्ने भन्दै नेतृत्वलाई दवाव दिरहेका छन् ।
यद्यपी कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको आधार क्षेत्र समेत रहेको जनकपुरमा निधिले यस मध्ये आमजनमा सबैभन्दा पकड र पार्टी प्रति जिम्मेवारलाई टिकट दिने सूत्रको दावी छ । निधि पार्टी विधि पद्घतिको वकालत गर्ने ब्यक्ति भएको कारण सही उम्मेदवार नै आउनेमा निधि निकटहरू बिस्वस्त छन्।




