महोत्तरी- महोत्तरी जिल्लाको जलेश्वरमा भईरहेको संसारीमाई पूजामा मटिहानी नगरपालिका र यहाँको नगरवासीद्वारा शुक्रबार हेलिकप्टरद्वारा पुष्पबृष्टि हुने भएको छ ।
प्रत्येक पाँच वर्षमा हुने सो पूजा मेलामा संसारीमाई पूजा समितिको अनुरोधमा मटिहानी नगरपालिका द्वारा शुक्रबार दिउँसो ११:३० बजेको समयमा प्रभु हेलिकॉप्टर प्रा.लि.ले मन्दिर मेला लगायत जलेश्वर क्षेत्रमा पुष्पवृष्टि गराउने कार्यक्रम रहेको कुरा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले बताउनु भयो ।



संसारी माई यो क्षेत्रको प्रसिद्ध देवीको रुपमा रहेकोले र जिल्लामा प्रत्येक पाँच वर्षमा एक मात्र पूजा संसारीमाईको हुने गरेकोले मान्यतालाई बुझी पालिकाले पुष्टवृष्टि गराउने कुरा मेयर मण्डलले समेत बताउनु भयो ।




