वर्दिवास- नेकपा (एमाले)ले महोत्तरीको बर्दिबास नगपालिकाको लागि मेयर उम्मेदवारमा माओवादीबाट एमाले प्रवेश गरेका २ र एक प्रदेश सांसद सहित ९ जनाको नाम सिफारिस गरेको छ ।
हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए।



तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो। उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन्।
एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निणर्यअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पाकीलाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । दुबै पूर्वमाओवादी हुन्।
एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, शारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन्।
सिफारिस गरिएका मध्ये शारदा देवी थापा मधेस प्रदेशका सांसद हुन् ।




