औरही । स्थानिय तहको चुनावको लागि महोत्तरी जिल्लाको औरही नगरपालिकामा उमेदवारहरुको मनोनयन दर्ता सोमवार सम्पन्न भएको निर्वाचन अधिकृत सरोज कुमार गोईतले जानकारी दिएका छन ।
नगरपालिकाको प्रमुख पदमा ११ र उप प्रमुख पदमा ६ जनाको मनोनयन दर्ता भएको छ र त्यसै गरि ९ वटा वडा अध्यक्ष पदमा ५० जना लगायतले मनोनयन दर्ता भएको छ ।



१३ गते उमेदवारको विरोधमा उजुरी दिने,१४ र १५ गते मनोनयन पत्र जाँच निर्णय गर्ने, १५ गते उमेदवारको नामावलि प्रकासन गर्ने,१६ गते अन्तिम नामावलि प्रकासन गर्ने, १७ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशाख ३० मतदान हुने जसवाले जानकारी दिएका छन।




