जनकपुरधाम- मधेस प्रदेशको बारा र महोत्तरी जिल्लामा डेढ क्विन्टल गाजा तथा अन्य लागु औषध सहित ६ जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाए अनुसार बारामा डेढ क्विन्टल लागूऔषध गाँजा सहित दुई र लागूऔषध नाइट्रोभेट सहित एक गरि तीन जना पक्राउ परेका छन् ।



गाजा सहित पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलियाका ३५ वर्षीय अजित पासवान र रामदर्शन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
उनीहरुलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पहिलो पटक दिन ५ को म्याद लिई थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यसैगरी लागूऔषध नाइट्रोभेट सहित बाराबाट नै एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय अनिष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई लागूऔषध नाइट्रोभेट ६० पिस सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
त्यसैगरी महोत्तरीबाट पनि लागुऔसध सहित ३ जनालाई पक्राउ गरिएको छ।
ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाए अनुसार विशेष सुचनाका आधारमा बर्दिबासवाट खटिएको प्रहरी टोलीले आज बर्दिबास स्थित सेन्टर पोइन्ट बोर्डिङ्ग स्कुल नजिकैवाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बर्दिबास वडा नं. १४ बस्ने २३ बर्षिय दिनेश साह, सोही ठाउँ बस्ने २३ बर्षका नै पोटा भन्ने रामबावु महतो र चाकु भन्ने जित बहादुर पुर्वछाने छन् ।
उनीहरुको साथवाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट -१० लेखिएको १ पत्तामा ३० चक्कीको दरले ४ पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ७ दिनको म्याद गरि प्रहरी हिरासतमा राखि अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।





