इजरायली सेनाले अलजजिराकी पत्रकारलाई गोली हानी हत्या गरेको छ। प्यालेस्टिनी स्वास्थ्यमन्त्रीका अनुसार अलजजिराकी पत्रकार शिरीन अबु अक्लेहलाई इजरायली सेनाले वेस्ट बैंकमा पत्रकार अक्लेहलाई गोली हानी हत्या गरेको हो।
बुधबार इजरायले जेन शहरमा छाप हानेको विषय लाइभ प्रसारण गरेकी उनलाई इजरायलको सेनाले गोली हानेको हो। गोली लागेपछि उनलाई तत्काल अस्पताल लगिए पनि उनको निधन भएको प्यालेस्टिनी स्वास्थ्यमन्त्री एवंम अलजजिराका पत्रकारले बताएका छन्।



अस्पताल पुगेपछि उनलाई मृत घोषणा गरिएको हो।
उनको निधन कस्तो परिस्थितिमा स्पष्ट नभएको जनाइएको छ। तर, उनलाई टाउकोमा गोली हानिएको अलजजिराका पत्रकार निदा इब्राहिमले जनाएका छन्।
“हामीलाई अहिले के थाहा छ भने प्यालिस्टिानी स्वास्थ्यमन्त्रीले उनको निधन भएको घोषणा गरेका छन्। जेन शहरमा इजरायलले छापा मारेको विषय लाइभ प्रसारण गरेकी उनको टाउकोमा गोली हानिएको थियो। इजरायलले कब्जामा लिएको वेस्ट बैंक शहर नजिक लागेको उनीमाथि गोली हानिएको थियो,” अलजजिराका पत्रकार इब्राहिमले बताए।
इब्राहिमले बताए, “मृतक पत्रकार अक्लेहको निधनलाई नजिकबाट देखेका हामीलाई यो निकै दुखद विषय हो।”




