महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मतदान प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको छ । मतदान सम्पन्न पश्चात मत पेटिकाहरु मतगणना स्थल महेन्द्रनगर स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयमा ल्याउने क्रम जारी छ ।





सवै ठाउँको मत पेटिका आइसकेपछि मतगणना सुरु गरिने क्षीरेश्वरनाथ नगरपालिकाको स्थानीय तह निर्वाचनको कार्यालयले जनाएको छ । कार्यालयले यस पालिकाको सवै ठाउँमा शान्तिपूर्वक मतदान सम्पन्न भएको जानकारी दिए ।

मतदान प्रकृयाकै क्रममा दिउँसो हावाहुरी सहित भएको वर्षाका कारण केही स्थानमा अवेर साँझसम्म मतदान भएको थियो । क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ५ लगायत केही स्थानमा मतदान प्रकृया अवेर साँझसम्म चलेको थियो ।

यहाँ लगभग ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।





