औरही । महोत्तरीका १५ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । महोत्तरीका १५ नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल जलेश्वरमा शपथ ग्रहण गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा महोत्तरीमा ५ वटा पालिकामा जसपा, ५ वटा पालिकामा लोसपा, २ वटामा नेपाली काँग्रेस, १ वटामा तमलोपा, १ वटामा एमाले र १ वटामा स्वतन्त्र निर्वाचित भएको छ ।







