अन्जनी कुमारी महतो,गौशाला । महोत्तरीको गौशाला नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डा. दिपेन्द्र महतोले पदभार ग्रहण गरेका छन् । सोमवार पदभार ग्रहण गर्दै नगरप्रमुख डा।महतोले जनताले गरेको अपेक्षा अनुसारको नगरमा विकाशको काम हुने बताएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा डा।दिपेन्द्र महतो ८ हजार ७ सात ९९ मत ल्याएर निर्वाचित भएका थिए ।



नगरपालिकाले भब्य स्वागतका साथ पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गौशाला नगर प्रहरीहरुले समेत नवनिर्वाचित नगर प्रमुख डा। महतोलाई स्वागत गरेका थिए ।




