महेशकुमार दास,जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीले स्वागत एवं सम्मान गरेको छ ।
शनिबार महोत्तरी उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमकाबीच नगरपालिकाका नव निर्वाचित नगरप्रमुुख हरि प्रसाद मण्डललगायत उपप्रमुख र वडाअध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।



महोत्तरी उवासंघका अध्यक्ष मोहन प्रसाद गुप्ताको अध्यक्षता तथा प्रदेश सभासदस्य एवं पूर्व राज्यमन्त्रि अभिराम शर्माको प्रमुख आतिथ्यमा आयोजित सम्मान कार्यक्रममा उवासंघका पदाधिकारीहरुले मटिहानी नगरप्रमुख मण्डल लगायत उपप्रमुख र वडा अध्यक्षहरुलाई फुलमाला र दोसल्ला ओढाई स्वागत गर्नुका संगै सम्मान पत्रसहित सम्मान गरेका थिए ।




