सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका ९ बस्ने ४० वर्षीय मनोज चौधरी रहेका छन् ।
इश्वरपुर नगरपालिका ७ स्थित रहेको मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिमा उनको करेन्ट लागेर मृत्यु भएको हो ।
बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ।
करेन्ट लाग्दा उनको घटनाएस्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा पुर्याइएको थियो। उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।




