
धनुषाको मिथिला नगरपालिका स्थित नक्टाझिजमा जानकी मेडिकल कलेज र हिमालय युवा क्लवको समन्वयमा एक दिवसिय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार हिमालय युवा क्लब नक्टाझिजको प्राङ्गणमा आयोजित शिबिरमा जानकी मेडिकल कलेजका विशेषज्ञ टोलिले स्थानिय करिब ४०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
शिबिरमा पेट , आँखा , हाड जोर्नी ,बाल रोग , स्त्री रोग लगाएत विभिन्न रोगको परिक्षण गरिएको थियो । परिक्षणको क्रममा देखा परेको समस्याको औसधि बितरण साथै बिरामिलाई काउनसिलिङ समेत गरिएको थियो ।
गाउँघरमा रोग लुकाएर बस्ने चलन भएको हुनाले यस्ता शिबिरले रोगको पहिचान गर्न मद्दत गरेको हिमालय युवा क्लबका अध्यक्ष बिजय कुशवाहाले जनाकारी दिए । उनले यस्ता कार्यक्रमले स्वास्थ्य समस्या प्रती जागरुक हुन टेवा पुर्याएको बताए ।

त्यस्तै जानकी मेडिकलका बरिस्ठ चिकित्सक डा. दिनेश पण्डितले जानकी मेडिकलको टोलिले स्थानिय सर्बसाधारणको स्वास्थ्य समस्या समाधान गर्न भरपुर प्रयास गरेको बताए ।
शिबिरमा सर्बाधिक मात्रामा आँखा रोग सम्बन्धि बिरामिले सेवा लिएको अस्पतालले जनाएको छ ।
शिबिरमा नक्टाझिज ,बटेश्वर ,ढल्केबर र महेन्द्रनगरका ब्यक्तिहरुले सेवा लिएका थिए ।