महोत्तरी- नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले आज जलेश्वर कारागारमा रहेको महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड प्रदान गरेको छ ।
रेडक्रस शाखाका सभापति दिपक मिश्रले प्रत्येक महिलालाई महिनाको एक पटक अनिवार्य प्रयोगमा आउने कुरालाई मध्यनजर गर्नुहुँदै स्वर्य कारागारमा पुगेर त्यहाँ रहेका ५१ जना महिला कैदीबन्दीका लागि १०० प्रति सेनेटरी प्याड प्रदान गरेका हुन् ।
यसका साथै महिला कैदीबन्दीकै प्रयोगका लागि पाँच थान त्रिपाल र १० थान म्याट्रेस पनि प्रदान गरिएको रेडक्रस शाखा महोत्तरीका कोषाध्यक्ष बिजय गुप्ताले बताए ।
कारागारमा रहेका महिलाहरुलाई बाहिरको महिला जस्तो सहज रुपमा आवश्यक (सेनेटरी प्याड) सामग्री उपलब्ध नहुँदा समस्या हुने गरेको अवस्थामा रेडक्रस महोत्तरीका शाखाले एक पोका (१००) पिस प्याड प्रदान गरिदिँदा महिला कैदीबन्दीहरु निक्कै खुशी भएको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।




