ढल्केवर- धनुषाको मिथिला नगरपालिकाकाको करारका कर्मचारीलाई कामा फर्किन आह्वान गरिएको छ ।
नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले सोमवार एक सुचना जारी गर्दै करार तथा ज्यालादारी कर्मचारीहरुलाई आफू कार्यरत स्थानमा हाजिरमा रही काम काजमा खटिनलाई सुचित गरिएको छ ।



उपप्रमुख बुढाथोकीले जारी गरेको सुचनामा गत साउन २ गते मिथिला नगरपालिकाले प्रकाशित गरेको सुचनामा ९ जना करार तथा ज्यालादारीमा रहेका कर्मचारीको म्याद थप नहुने सुचना कार्यपालिकाके निर्णय नभई गरिएकोले सो निर्णय कार्यपालिकाके बैठक राखी गराउन ध्यानाकर्षण पत्र तथा निर्णय सहितको अनुरोध दर्ता गरिएकोले कार्यपालिकाके बैठकबाट निर्णय नभएसम्म सम्भव भए कार्यरत स्थानमा अन्य कुनै प्राविधिक कठिनाई भए उपप्रमुखको सचिवालयमा राखिएको हाजिर रजिष्टरमा हाजिर रही काजमा खट्नु हुन सुचित गरिएको उल्लेख गरिएको छ।





