महोत्तरी – नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका महोत्तरी क्षेत्र न.४ का उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।
आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले चुनावका लागि सिफारिस गरिएको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको औरही नगरपालिकाका पुर्व मेयर तथा काँग्रेसका नेता सुनिल कुमार यादवले जानकारी दिए ।



महोत्तरी निर्वाचन क्षेत्र न.४ मा प्रतिनिधि सभाको लागि प्रत्यक्ष र समानुपातिक दुबैमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र कुमार राय र समानुपातिक तर्फ महिलाबाट संगीता मण्डल धानु को नाम सिफारिस गरिएको छ।
त्यसैगरी महोत्तरी निर्वाचन क्षेत्र न.४ (क) बाट प्रत्यक्षतर्फ नरेन्द्र यादव र श्याम यादव सिफारिस भएका छन् भने समानुपातिक तर्फ डा. अशोक अधिकारी, मो. अकरम, बिन्देश्वर यादव, रामबाबु यादव, निलम कुमारी यादव, सुनिता ठाकुर र फुल कुमार मण्डल सिफारिस भएका छन् ।
त्यस्तै महोत्तरी निर्वाचन क्षेत्र न.४ (ख)को प्रत्यक्ष तर्फ राजनारायण यादव, दिप्तान्सु प्रसाद सिंह (नविन ) र प्रेमचन्द्र राय सिफारिस भएका छन् भने समानुपातिक तर्फ ललन कुमार सिन्हा र लिला कुमारी यादव सिफारिस भएका छन् ।
नेपाली कांग्रेस महोत्तरी क्षेत्र न.४ का क्षेत्रीय सभापति उत्तिम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा औरही नगरपालिकाका पुर्व मेयर सुनिल कुमार यादव लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





