वीरगञ्ज- पर्साको ग्रामीण नाका ठोरीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ४७४ बोतल प्रतिबन्धित कफ सिरफ सहित प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ।
पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय युवक रवीन्द्रकुमार साहलाई इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी गस्ती टोलीले कोडीवेल कफ सिरफ १०० एमएलको ४७४ बोतलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भारतको भिखनाठोरीबाट ठोरी गाउँपालिकाको सुन्दरबस्तीतर्फ आउँदै गरेका साहले बोकेको जुटको बोराबाट प्रहरीले प्रतिबन्धित कफ सिरफ बरामद गरेको हो। साह उपर लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।




