महोत्तरी- अख्तीयार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले एक शसस्त्र प्रहरी हबल्दारलाई पाँच हजार घुसको रकम सहित पक्राउ गरेको छ ।
गौशला नगरपालिका १ रामनगर स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत प्रहरी हबल्दार राजी शरण साहलाई पक्राउ गरिएको हो ।
हबल्दार साहले गौशलाका व्यापारीहरुसंग असुल गरेको रकम सहित गौशला ४ बिर्ता जाने बाटो बाट पक्राउ परेको अख्तीयार कार्यालय वर्दिवासले जनाएको छ ।
पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि वर्दिवास लगिएको छ ।







