महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।
सुरुवातदेखि नै पछि रहेका पोखरेलले आज बेलुकादेखि अग्रता लिएका हुन् । उनले ११ हजार ३३८ मत पाएका छन् ।



निकटतम प्रतिद्धन्दी एमालेका लक्ष्मी महतो कोइरीले ११ हजार २९६ मत पाएका छन् । यस्तै जनमत पार्टीका राजकिशोर साहले २ हजार ४४८ मत ल्याएका छन् ।




