विश्वकप फुटबलको फाइनलको उपाधि भिडन्त अतिरिक्त समयमा धकेलिएको छ। अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। अब ३० मिनेटमा पनि खेलको निर्णय नभए पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइने छ।
निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।



त्यसअघि पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए।




