काठमाडौँ – नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ।



बुद्धनगरस्थित उनको निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएको भण्डारीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ।
सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको थियो।
कांग्रेस नेता भण्डारी गुल्मी- १ बाट निर्वाचित सांसद् हुन्। उनले बुधबार मात्रै संसदमा बोलेका थिए।




