काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यही जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई एकमतले पारित गरेको हो ।
बैठकले समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रम सहित माओवादीसँग पार्टी एकाताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने नेसपाले बताएको छ ।



यस्तै पार्टीले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।




