गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो नागरिकता विधेयक प्रमाणीकरण गरेपछि, कतै विरोध त कतै दिपावली सहित दिप प्रज्वलन भयो ।
सामाचार पनि नानथरीका आयो, कतै विरोधमा त कतै सपोर्टमा तर ‘रियालिटि’ कुरा कमैले गर्यो ।



सामाचार सुनेर नागरिकाता बिहिनहरु खुशी भए तर न उनले दिपावली मनाए न दिप प्रज्वलन गरे, मनमा खुशीका भाव देखाए, केहि आशा पलाए झैँ तर त्यो खुशी लामो समयको लागि हो भने अनुमना कमै थियो ।
खुशी हुनेमा भाई रामु पनि एक हुन । मैले उसलाई फोन गर्दा उसले मनमा धेरै आशावादी नभए पनि सोधे “दाई अब मेरो नागरिकता अब बन्छ है”
मैले धेरै आशा नदेखाई भने “त्यो त थाहा छैन तर बन्ने सम्भावना धेरै छ” अगाडि प्रक्रिया बारे भाईलाई जानकारी गराए ।
नागरिकता बनाउने प्रक्रिया पनि छिटै सुरु हुने लक्षण पनि देखिदै थियो ।
प्रमाणीकरण भए पछि १८ गते राजपत्रमा प्रकाशित, १९ गते गृहमन्त्रि मार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने ।
२० गते शनिवार परेको हुनोले २१ गते देखि नागरिकता वितरण हुने जस्तो सम्भावना देखिदै थियो । प्रक्रिया कति छिटो बढेको, लाग्न थाल्यो भोलि हुने काम आजै हुन्छ । जसले केहि शंका पनि उब्जिन थाल्यो । यसमा पनि राजनीति गरेको हो कि ।
रामु त शुक्रबार नै अगाडि प्रक्रिया बढाउन जम्र्को गर्ने सोचले जिल्ला प्रशासन कार्यालयमा पुगको थियो तर अहिले बन्दैन भनेर खबर पाए पछि मलाई फोन गरेको थियो ।
“नागरिकता बन्दैन रे अहिले, भन्दै फोन गरेको थियो ।” मैले सम्झाए “प्रक्रिया पुरा भए पछि दिन्छ तब सम्म सबै कागजता जोहो गरेर राख्नु” भनेर फोन काटे ।
सबै “रेडि छ दाई” छिटै बनाई हाल्छु फेरि कुन बेला रिट पर्ने हो, के हुने थाहा छैन भन्दै फोन काट्यो ।
२१ गते जिल्ला प्रशासन कार्यालय नागरिकता वितरण गर्ने तयारी गर्दै गर्दा सर्वोच्चको आदेश आयो । “अल्पकालीन अन्तरिम आदेशबाट नयाँ ऐन तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न र रिटका दुबै पक्षलाई बहसमा समेत बोलाएको छ । ”
मैले आशा लगाएर बसेको थिए कि रामु फोन गरेर भन्छ “दाई मेरो नागरिकता बन्यो मेरो बिहे हुने भयो” तर बिडम्बना उसको फोन भन्दा सर्वोच्च अदालतको आदेश आयो ।
वास्तवमा नागरिकता विहिनहरुको समस्या कसैले बुझिदिएन् । उनीहरुको व्यथा कसैले मनन् गरदिएन् ।
तर अहिले सम्मको अवस्था जस्ताको त्यस्तै छन् । अनागरिकहरु आन्दोलनसँग आत्मदाहको प्रयास गर्दैछन् ।
यसै बिचमा प्रमको भारत भ्रमणको चर्चा सांसद देखि सडक सम्म भयो । यति मै रोकिएन् ।
बृहत नेपालको नक्साको चर्चा हुनु साथै मुभि आदिपुरुषको झन घर घर नै भयो । तर ती चर्चा गर्ने आफ्नै देशका नागरिकता विहिन रामु जस्ताका लागि एक चुँयक बोलेनन्।
बिडम्बना भनौ कि हामीलाई अरुको कुरा धेरै चासो हुन्छ तर आफ्नै देशका अनागरिकका कुरा मतलब हुदैन ।
अनागरिकका व्यवस्था कसैले बझ्नन । न हामीले स्थापित गरेको प्रणालीमा संविधानले बाँधेको ‘सेरेमनियल’ राष्ट्रपतिले न जनताले कानुन बनाउन चुनेका सार्वभौम अधिकार प्राप्त सांसदले, न सर्वोच्च अदालतले अब के गर्ने होला ?
जुन संविधानलाई टेकेर सबै काम प्रक्रिया हुन्छ त्यहिँ संविधानले दिएको अधिकार दिन यति कठिनाई किन ? जुन संविधानमा रहेर देशका सारा सांसद निर्वाचित हुन्छ सबै कामको हुकुमत गर्छ, त्यहिँ संविधानले दिएका हक दिन गाह्रो किन ?
यस्तै नाना थरीका रिससँग प्रश्नहरु उब्जिएको छ । तर के गरु ? यति भन्छु आजबाट मेरो आन्दोलन नागरिकता बिहिनका लागि सुरु भयो ।
यी कुरा सोचेर बसि रहँदा घरमुली काका आएर भन्नु भयो ।
के भयो किन यस्तो अनुहार बनाएर बस्नु भएको ?
केहि हैन, आफ्नो ‘कन्ट्रोलमा’ हुने कुरै हैन नभए त के के गथर्े भनेर जवाफ फर्काए अनि थपे तपाईलाई थाहा नै छ नागरिकता विधेयकको बारेमा नि है ?
अहँ ! नि फेरि रोकियो रे त । वहाँको जवाफ
रोकिनु किन पर्यो ? राष्ट्रपतिले नयाँ सांसदमा दर्ता नगराई पास नगरि प्रमाणिकरण गरेकोमा हो र ? कि पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई तुरन्तै नागरिकता दिने प्रावधानको लागि हो ? कि अन्य कारण हो कि ? वहाँले थप्दै प्रश्नका वर्षा नै गुर्न भयो ।
त्यो त थाहा छैन । म यति चान्छु वर्तमान समयमा जन्मसिद्ध नागरिकता भएका आमाबुवाका सन्तानहरुले नागरिकता पाउनु पर्छ । जुन कुरामा कसैले पनि अफ्ठयारो या चित दुखाई छैन जस्तो लाग्छ ।
कारण कै कुरा गर्दा नेपाली पुरूषसँग बिहे गरेर आउने विदेशी महिलालाई तुरून्तै नागरिकता दिने प्रावधान यो कानुनमा छ ।
यो नयाँ कुरा हैन नागरिकता ऐन २०२० देखि नै यो व्यवस्था छ अनि अहिले टाउको किन दुखाई भयो ?
अहिलेको संसोधित विधेयकमा दुईवटा कुरा संसोधित छ ।
पहिलो, गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकको हक दिने गरी गैरआवासीय नागरिकता उपलब्ध गराउने ।
दोस्रो, जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिने ।
यी कुरामा कसैको टाउँको दुखाई छैन तै पनि उनीहरुलाई यति हेपेको, जिवनयापन गर्नका पनि गाह्रो बनाउनुको तुक के त ?
देशमा जन्मि सकेको पछि सामान्य नागरिक जस्तो बाँचन पाएको छैन, गासपासकपास छ तर आफ्नै छ कि अरुको थाहा छैन, बिहे गर्ने उमेर गईसक्यो तर बिहे हुन पाएको छैन ।
मेलै एकनासले बोले ।
घरमुली काका केहि बेर चुप लाग्नु भयो ।
अनि भन्नु भयो ।
अब जनमानसबाट विरुद्धका बिगुल बज्नु पर्छ । आवाज उठाउनु पर्छ । जुन प्रक्रियाबाट भए पनि नागरिकता बनाउनु पर्छ ।
विवादको कुरालाई लागि परेर मिलेर समाधान गरि अगडि बढ्नु पर्छ । तर नागरिकता बिहिनको समस्या बुझु पर्यो ।
सबै जनता समान रुपमा बाँच्नु पर्छ । जुन नै नैसर्गिक अधिकार हो ।
ल सर, म तल तिर गए ।
हुन्छ, अंकल मेरो पनि खाना पकाउनु छ भन्दै हामी छुुट्यो ।




