महोत्तरी- समृद्धि फाइनान्सले दशौं शाखाको रुपमा महोत्तरीको औरही बजारमा शाखा विस्तार गरेको छ । राष्ट्र बैंकबाट ”ग” वर्गको इजाजत प्राप्त समृद्धि फाइनान्सले औरही नगरपालिका– १ स्थित औरही बजारमा शाखा विस्तार गरेको हो । केन्द्रिय कार्यालय काठमाडौंको पुतली सडकमा रहेको फाइनान्सको शाखा कार्यालय महोत्तरीमा भने पहिलो शाखा हो ।
बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले औरही नगरपालिका १ औरही बजारमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा औरही नगरपालिकाका वडा १ का अध्यक्ष योगी चौधरी,औरही उद्योग, वाणिज्य संघका अध्यक्ष श्रवन चौधरी लगाएत स्थानीयबासि, ब्यापारी,समाजसेवी,राजनीतिकर्मीहरु सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खडकाले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै वैकको उत्तरोक्तर प्रगतिको शुभकामना दिए।




कार्यक्रमको अध्यक्षता समृद्धि फाइनान्सका अध्यक्ष दुर्गा थापाले गरेका थिए भने संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । फाईनान्सका प्रमुख सञ्चालन अधिकृत चुडामणि खनालले आफ्नो मन्तब्य राख्दै उहाले नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल दश वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ ओटा नयाँ शाखाहरू उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।
संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरू सञ्चालनमा रहेको छ । समृद्धि फाईनान्सको १० वटै शाखा कार्यालयहरु बाट औपचारिक रुपमा कारोबार संचालन भएको जानकारी दिए । उनका अनुसार समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । साथै आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको पनि समृद्धि फाइनान्सका प्रमुख सञ्चालन अधिकृत खनालले जनाएको छ ।

अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । फाईनान्सले यसै हप्ता थप दुई वटा नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । फाईनान्सको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
फाइनानसले छिटै नै शाखाहारुको रुपमा सिरहा,सुनसरी र कपिलबस्तुमा शाखाको पनि उदघाटन गर्ने जानकारी फाइनान्सका संचालकले संचारकर्मी लाई जानकारी दिएका छन् ।





