बर्दिवास- आसमान नेपाल र निल हिरा समाजको संयुक्त आयोजनामा प्रदेश स्तरीय बालकल्वको पदाधिकारी तथा बाल कल्वका सदस्यहरुलाई तीन दिने “शिफ्ट” सम्बन्धि प्रशिक्षण दिइएकाे छ।
प्राविधिक रुपमा सेफ द चिल्ड्रेन तथा आर्थिक रुपमा स्विडेन सिभरेजको सहयोग रहेको यस तीन दिने तालिम असार ६ गते देखि ८ गतेसम्म महोत्तरीको बर्दिबासमा संचालन भएको हो ।




तालिममा २१ जना बालबालिकाको सहभागिता रहेको जानकारी संकल्प परियोजनाका परियोजना संयोजक अमित यादवले जानकारी गराएको छ।
यस तालिममा लक्षिन्द्र महर्जन, स्प्रिहा श्रेष्ठ, अरुण राई तथा झम्केश्वर ओझाले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाहरुलाई वातावरण न्यायका लागि अभियान चलाउनको लागि बालबालिकको क्षमता अभिबृद्धि गरिएको हो। यस अन्तर्गत बालबालिकाहरुले प्लाष्टिक प्रयोगको न्यूनीकरणको लागि कार्ययोजनाको निर्माण गरेको जानकारी बालक्लबका सचिव नुर मोहम्मद अनसारीले जानकारी गराए ।
बालक्लबका सदस्यहरुले आ-आफ्ना विद्यालयमा बृक्षारोपन गर्ने तथा प्लाष्टिकको प्रयोग नगर्नको लागि विद्यालयसँग पहल गर्ने भन्ने जानकारी प्रदेश बाल क्लबका उपाध्यक्ष कमल साहले जानकारी गराए ।

त्यस्तै बालक्लबका उपाध्यक्ष आशा महतोले आफ्नो वडामा बालक्लब गठनको लागि पहल गर्ने र बालक्लब मार्फत बृक्षारोपन तथा प्लाष्टिक प्रयोगको न्यूनीकरणको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै बालक्लबका सदस्यहरुले बोट (बन) बचाउ बोट (बन) बढाउ भन्ने नारा सहित अभियान संचालन गर्ने जानकारी गराए।
आसमान नेपालको कोषाध्यक्ष रेखा यादवले बालक्लबलाई आसमान नेपालले सधै नै सहयोग गर्दै आइरहेको र अगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। साथै बालबालिकाको लागि आसमान नेपालले सबै बालबालिका पुर्ण-समय औपचारिक दिवा स्कुलमा हुनु पर्दछ” भन्ने अभियान संचालन गरिरहेको जानकारी पनि यादवले दिए।




