रगत सँग के सम्बन्ध छ मेरो । कुनै-कुनै बेला आफैले आफैलाई प्रश्न गरेको हुन्छु । कुनै बेला रगत नपाएर मृत्यु भएको खबर सुन्दा आश्चर्य लाग्छ। आश्चर्य किन लाग्छे भने यतिका मानिसहरु शरिर भित्र रगत हुदाहुदै रगतको अभावमा किन मानिस मर्छन् होला!
म कुनै बल्ड संस्था मा आबध्द छुइन् तर पनि रगतको जोहो गर्न हरहमेशा दौडधुप गरिरहेको हुन्छु। कहाँ बाट ल्याउछु होला त रगत ! रगत त सबै कहाँ हुन्छन् , रगत त हरेक मानिसको शरिर भित्र हुन्छन्। रगतको अभावमा कोइ मर्दै छ भने उसलाई बचाउनुपर्ने हाम्रो पनि नैतिक कर्तव्य हो। यो कुरा एकले अर्कालाई बुझाइ राख्नु पर्ने आवश्यक देखिन्छ। एक मानवले अर्का मानवलाई मृत्युको मुखमा भएको बेला सहयोग गरेन भने मानवलाई संवेदनशील प्राणी भन्न मा आपत्ति छ मेरो। सद्भाव ,सहकार्यले एक मानिसको बल्ड अर्का मानिस कहाँ पुग्छन्, जहाँ पुलको आवश्यकता हुन्छ, जहाँ बिम्बको आवश्यकता हुन्छ , जहाँ रगत व्यवस्थापन गर्ने समुहको आवश्यकता पर्छन्। हाम्रो समाजमा रक्तदान गर्नेहरु थुप्रै हुन्छन्,रगत लिनेहरु पनि धेरै हुन्छन्। आवश्यकता हुन्छन्, ती दुवै बिच सहकार्य र समन्वय गर्ने टिमको । बिना टिमको काम गर्न असहज छ। त्यसैले रगतको उचित व्यवस्थापन, रगतको कारण कसैको ज्यान नजाऔस् भनेर नै रगत व्यवस्थापन टिमको आवश्यकता पर्दछ। जब म कसैको लागि रगतको पोको लिएर हस्पिटलको बेड कहाँ पुग्छु तब बिरामीहरुको कुरुवा, जसको आँखाको आँसु खुशीमा परिणत हुन जान्छ। जब रगतको अभावमा कोइ मृत्यु सँग लडिरहेका हुन्छन् तब रगत चाहि बेड सम्म पुर्याइ दिदाँ ,जुन किसिमले धन्यवाद को पात्र बनेको हुन्छु त्यो समय मेरो लागि ठुलो खुशीको क्षण हुन्छ। मैले आफ्नो जिवन निर्वाह को क्रममा अहिले सम्म धेरै को अशिर्वाद र माया पाएको छु। कुनै-कुनै बेला जुन स्थिर मन र सन्तुष्टि पैसाले हुदैन त्यति बेला रगतको जोहो गरेर खुसी मिल्छ।

यसमा अझै थप्दा के भन्न मन लागे भने “रगतको जोहो गर्नमा समाजिक सञ्जालले ठुलो भुमिका निर्वाह गरेको देखिन्छ ।रगतको जोहो गर्न समाजिक सञ्जालले उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको कुरा यहाँहरुलाई सर्वदित नै होला । किनकि समाजिक सञ्जाल मा व्यस्त हुनेहरु प्राय रगत चाहियो भनेर उल्लेख भएको पोष्ट को सामना गर्नुपर्ने अवस्था आइपरेको हुनसक्छ।
रगतको जोहो गर्न कतिको अप्ठारो र असहज हुन्छ भन्ने कुरा रगत जोहो गर्ने मान्छेलाई थाहा हुन्छ। कुनै पनि मान्छेलाई रगतको आवश्यकता पर्दा आफ्ना घरपरिवारका सदस्यहरु बिच ब्लड ग्रुप मिलाउँछन् र सकेसम्म आफ्नै परिवारका सदस्यहरुबाट रगत को जोहो गर्न प्रयासरत रहन्छन्। घर परिवारका सदस्यहरुबाट रगतको ग्रुप मिलाउँछन अनि रगतको जोहो गर्न तत्पर रहन्छन्। यदि आफ्नो इष्टमित्र र परिवारका सदस्यहरु बिच बल्ड ग्रुप मेल नखाएमा रगतको जोहो गर्न समाजिक सञ्जाल मार्फत पोष्ट गरेर सहयोग मागछ्न्। त्यसमा नि अहिले को वर्तमान परिस्थिति हेर्नुहुन्छ भने रगतको आवश्यकता पर्यो कि फेसबुकको याद आउँछ। रगतको आवश्यकता पर्ने बितिकै फेसबुकमा हाइलाइट र सक्रिय व्यक्तिको याद आउँछ। रगतको आवश्यकता पर्ने बित्तिकै बल्ड संस्था सँग जुडेका व्यक्तिहरुको याद आउँछन्। अब सोच्नुस् जति बेला हामी रमाइलो गरिरहेका हुन्छौँ,रमाइ रहेका हुन्छौं तब क-कसको याद आउँछ भनेर आफ्नो मन भित्र आफैंलाई प्रश्न गरेर सोध्नु होला तर ,जब मानिस मृत्युको मुखमा लडिरहेको हुन्छ र उनलाई रगतको आवश्यकता पर्दा कस्ता – कस्ता व्यक्तिहरु याद आउँछन् । यी कुराहरु सम्झिनु होला ।
अहिले समाजिक सञ्जाल को व्यापक प्रयोग भइरहेको छ।
कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यी सञ्जालको बृहत रुप हुन्छ ।जहाँ मानिसहरू आफ्नो कुरा राख्न पाँउछन्। त्यसमा नि सामजिक सञ्जालको उत्तिकै नकरात्मक प्रयोग बारे भनिराख्नु पर्ने विषय नै होइन्। समाजिक सञ्जाल मा आबध्द भएकाहरुलाई थाहा भएकै कुराहरु हो। समाजिक सञ्जाल मध्ये मा सबैभन्दा बढी प्रयोग हुने एप्लिकेसन फेसबुक हो ।
रगतको आवश्यकता पर्दा फेसबुकमा ‘ रगत चाहियो ‘ भनेर लेखेर पोष्ट गर्छन्। मानवताको हिसावले सेवा गर्ने भाव भएकाहरु तुरुन्त कमेन्ट गर्छन् र बल्ड दिन पुग्छन्। फेसबुक मा पोष्ट भएको देखेमा ,न जात, न अनुहार,न रङ्ग,न भेषभुषा हेर्छन्। रगत सबैमा एकै खालेको रातो हुन्छ भनेर रक्तदान गर्न पुग्छन्। मानिसले पनि सहजै रुपमा रगत पाइ हाल्छन्। यसमा समाजिक सञ्जाल को धेरै ठूलो भूमिका रहेको छ भनेर महसुस गरेको छु। कुन साथिको ब्लड ग्रुप के छ? कसले कति चोटी दान गर्यो, कसलाई आवश्यकता परेको छ र किन रगत दान गर्नुपर्छ भन्ने कुराहरु फेसबुकले जानकारी दिन्छन्। त्यतिकै मात्र हैन फेसबुकले मानिसलाई रक्तदान गर्न प्रेरित पनि गर्छन।
यता रगत अभावको कारण कसैको ज्यान नगुमोस् सोचले ब्लड फर नेपाल स्थापना भयो । देशमा रगतको अभाव सधै नै हुन्छ । कसैलाई रगत चाहियो भने समयमै पाउन एकदमै गाह्रो हुन्छ । कतिपय अवस्थामा रगत नपाएर बिरामीको ज्यान पनि गुमेको छ। यी कुरालाई मध्येनजर गर्दै धनुषा जिल्ला वटेशवर गाउँपालिका निवासी सरोज कुमार महतोको सोच र नेतृत्वमा ईस २०१८ जुलाई २१ का दिन ब्लड फर नेपालको जन्म भयो ।
बल्ड फर नेपालको स्थापना भए देखि नै निरन्तर देश भरी आफ्नो हाँगा फैलाउँदै आएका छन्। आज ठ्याक्कै जुलाई २१ रहेको छ अर्थात् ब्लड फर नेपालको पाँचौ वर्ष सफलता पुर्वक पार गर्दै ६औं वर्षमा प्रवेश गरेको छ।
रगत व्यवस्थापन कार्यमा सरोजले निरन्तर रुपमा सक्रिय स्वंयम्सेवकहरुलाई जोडदै आएका छन्। देशका विभिन्न शहरहरुमा जहाँ रगतको माग भईरहन्छ त्यहाँ टिम बनाएको छ भने अन्य ठाउँमा रगतको आवश्यकता पर्दा स्थानीय व्यक्ति तथा टिमसँग समन्वय गरेर अगाडि बढेका हुन्छन्।
ब्लड फर नेपालले कुनै बिरामीलाई रगतको आवश्यकता पर्दा ब्लड बैँकमा नपाए पछि बिरामीका आफन्तले ब्लड फर नेपालका टिमलाई विभिन्न माध्यमबाट सम्पर्क गर्छ, टिमसँग पहिले देखि नै रक्तदाता लिस्टहरु हुन्छ त्यहाँबाट रक्तदाता र रगत चाहिने व्यक्ति बिच कनेन्सन बनाईदिन्छ । यति मात्रै हैन विभिन्न ठाउँमा रगतसँग सम्बन्धि सचेतना कार्यक्रमहरु लगायत रगत व्यवस्थापन सम्बन्धि विभिन्न कार्यक्रमहरु विगत ५ वर्ष देखि स्वयंसेवाभावले गरिदै आईरहेका छन्।
हाल सम्म बल्ड फर नेपालले देश भरी २२ हजार भन्दा बढी रगत केस व्यवस्थापन गरेका छन् भने २०० भन्दा बढी देश भरी सक्रिय स्वयंसेवकहरु छन् त्यस्तै १२ हजार जति रक्तदाताहरुको विवरण रहेका छन्।
ब्लड फर नेपालले ५ वर्ष अवधिमा विभिन्न उतारचढावहरुको सामना गर्दै अगाडि बढिरहेको अवस्थामा सबैभन्दा अहम भुमिका रक्तदाताहरु र स्वयंसेवकहरुले खेलेका कुरा बल्ड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतोले बताउनुभयो


