जनकपुरधाम- जननायक वी.पी. कोइरालाको ४१सौं स्मृति दिवसको अवसरमा देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस धनुषाले सबै पालिकाहरुमा विविध कार्यक्रम गरी मनाएको छ।




शनिबार जनकपुरधाम सहित धनुषामा रुख रोप्ने अभियान अन्तर्गत धनुषाको हरेक वडास्तरसम्ममा वृक्षारोपण गरी मनाइएको जानकारी नेपाली काँग्रेस धनुषाले दिएको छ।

सोही क्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर सभापति लाल बाबु यादव को अध्यक्षता तथा जिल्ला सभापति योगेन्द्र पजियारको प्रमुख आथित्यतामा वडा न.३ को शमशान घाट तथा खानेपानी को कम्पाउन्ड मा रुख रोपी कार्यक्रम मनाइएको छ।

उक्त अवसरमा जिल्ला सदस्य अशोक चौधरी, अशेश्वर महतो, श्याम बाबु यादव तथा वडा सभापति जानकी शरण यादब ,अख्तर अन्सारी, दीपक साह, राम पुकार महतो, वडा अध्यक्ष जीबछ मण्डल लगायतको सहभागी रहेको थियो ।

नेपाली काँग्रेस धनुषाका सभापति पजियारले धनुषाको सबै पालिका, वडा कार्य समिति, टोल समिति क्रियाशिल सदस्इ, भ्रातृ संगठन तथा शुभेच्छुक संस्थका सदस्यहरुको सहभागितामा रुख रोप्ने अभियान अन्तर्गत वृक्षारोपण गरि वीपी कोइराला स्मृति दिवस मनाएको जानकारी दिए ।






