कृष्ण राज गिरी/ भैरहवा
बुटवल उप-महानगरपालिका ले गर्भवती महिलाहरुको भिडियो एक्सरे निशुल्क गरिदिने भएको छ। बुटवल उप-महानगरपालिका ले वडा नं ९ र ११ मा रहेको शहरी स्वास्थ्य केन्द्रबाट सेवा दिइने र बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट शुक्रवार वाट सेवा दिन शुरु गरिएको जनाएको छ।




गर्भवती महिलाले भिडियो एक्सरे गर्नका लागि स्वास्थ्य संस्थाहरुमा सम्पर्क गर्न सकिने नगरपालिका ले जनाएको छ। बुटवल उपमहानगरपालिकाले शिशु पोषण कार्यक्रम अन्तर्गत २ हजार रुपैयाँ पनि प्रदान गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित १२ वटा स्वास्थ्य संस्थामध्ये वडा नं ९ र ११ को शहरी स्वास्थ्य केन्द्रमा हरेक महिना ३ दिन र अन्य स्वास्थ्य संस्थाहरुमा हरेक महिनाको एक दिन नि:शुल्क भिडियो एक्सरेको सुविधा प्रदान गरिने नगर प्रमुख खेलराज पाण्डेयले जानकारी गराए ।




