भैरहवा- रुपन्देही प्रहरी द्वारा मायादेवी गाउँपालिका वडा नं ६ वेथरी मा लुम्बिनी वाट काठमाडौं जादैँ गरेको बस वाट अवैध विभिन्न प्रजाती को माला सहित दुई जनालाई सोमवार नियन्त्रण मा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोलीले लुम्बिनी वाट काठमाडौं तर्फ जादैं गरेको लु.२.ख २१२० नं को बस वाट लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ का बस चालक ३८ वर्षिय हरिराम हरिजन र सोही नगरपालिका वडा नं १ का २९ वर्षिय धिरज कुमार कुर्मीलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको विभिन्न प्रजातीको माला सहित नियन्त्रणमा लिएको जनाएको छ।
उनिहरुले बस को बायाँ तर्फ को डिक्की मा ३७४२ थान (५ बोरा) माला लुकाएर राखेको अवस्थामा प्रहरी ले वरामद गरेको हो।

वरामद मालाहरु, बस चालक र माला धनीलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देहीका प्रहरी निरिक्षक सविता जिसी ले जानकारी गराइन्।




