भैरहवा- किर्तिपुर नगरपालिका पाँगा मा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरि रकम असुली गर्ने एक जना लाई प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा सिन्धुपालचोक बाह्रविसे नगरपालिका वडा नं ७ घर भई हाल काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका पाँगा वस्ने २० वर्षिय मिलन थापा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।



गैरकानुनी रुपमा किर्तिपुर नगरपालिका मा कल सेन्टर संचालन मा रहेको भन्ने सुचना को आधार मा काठमाडौं अपराध अनुसन्धान कार्यालय वाट खटिएको प्रहरी टोली ले भाद्र २७ गते पाँगा वाट निज थापा लाई पक्राउ गरेको प्रहरी उपरिक्षक एवं प्रवक्ता रविन्द्र रेग्मी ले जानकारी गराए । निज थापा वाट ३७ सय थान एनसेल को सिम कार्ड, ल्यापटप २३ थान, विभिन्न व्यक्ति का २७ थान नागरिकता, मतदाता परिचयपत्र १ थान, राहदानी १ थान र स्थाही लेखा नं २ थान रहेको प्रवक्ता रेग्मी ले थप जानकारी गराए।




