भैरहवा- वैदेशिक रोजगारी को लागि जापान पठाइदिने भन्दै बाह्र जना सित कुल ४६ लाख रकम ठगी गर्ने काठमाडौं मा रहेको जिनिउन प्लेसमेन्ट प्रा लि का सन्चालक डिल्लीराम खतिवडा लाई आश्विन १२ गते प्रहरी ले कोटेश्वर वाट पक्राउ गरेको छ।
पक्राउ पर्ने मा मोरङ लेटाङ नगरपालिका वडा नं २ घर भइ हाल काठमाडौं नगरपालिका वडा नं ४ धुम्बाराही वस्ने ५० वर्षिय डिल्लीराम खतिवडा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौं ले जनाएको छ।
जिनिउन प्लेसमेन्ट प्रा लि मेनपावर का संचालक निज खतिवडा ले ढकराज आचार्य लगायत बाह्र जना लाई वैदेशिक रोजगारी को लागि जापान पठाइदिने र प्रतिष्ठित कन्ट्रक्सन कम्पनि मा मासिक १ लाख ८० हजार तलव हुने र जान को लागि प्रति व्यक्ति ८ लाख लाग्ने भन्दै प्रर्लोभन मा पारी विश्वास दिलाई पिडितहरु सित पटक पटक गरि ४६ लाख रकम ठगी गरेको प्रहरी ले जनाएको छ। खतिवडा सम्पर्क विहिन भए पछि पिडित हरु ले वैदेशिक रोजगार विभाग मा निवेदन दिए संगै प्रहरी ले खोजतलाश गर्ने क्रम मा कोटेशवर वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरिक्षक मिलन के.सी ले जानकारी गराएका छन् ।


