औरही(महोत्तरी) – महोत्तरीको गौशाला वजार स्थित दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरिएको छ। दशैको पहिलो दिन घटनास्थापनाको अवसरमा नगरपालिका स्थित मरहा खोलाबाट जल ल्याएर कलश (घट) स्थापना गरिएको हो । कलश स्थापनाको लागि नगरभरिका करिब ११ हजार कन्याहरु सम्मिलित कलश यात्रा निकालिएको थियो ।

सशस्त्र प्रहरी बलको व्याण्डको टोली, लोकवाजा, घोडा, उँट सहितको लावालस्कर सम्मिलित कन्याहरुको समुहले ल्याएको कलश मन्दिरमा राखिएको मेला व्यवस्थापन समितिका अध्यक्ष सिताराम साहले जानकारी दिए । गौशाला नगरपालिका ५ स्थित गौशाला वजारमा नवनिर्मित दुर्गा मन्दिरमा केहि दिन अगाडी मात्र दुर्गा भवानीको मुर्ति समेत स्थापना गरिएको छ।




गौशाला बजारमा रहेको दुर्गा मन्दिरमा पूजा तथा दर्शनका लागि आएका दर्शनार्थीहरको लागि माता दुर्गाको प्रसादीको वन्दोवस्त शिव ज्वेलर्स गौशालाका संचालक बिमल शाहशंकरले गरेका थिए । पहलो दिनको प्रसादी शिव ज्वेलर्सले गरेको मेला समितिका अध्यक्ष साहले जानकारी दिए ।

उक्त कलश यात्रामा शुभारम्भ महोत्तरी क्षेत्र नं.१ प्रदेश सभा सदस्य भारत प्रसाद साह ,गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो, गौशाला नगरपालिकाको जनप्रतिनिधि,लोसपा पार्टीका युवा नेता प्रमोद महतो,बिभिन्न पार्टीका नेता,गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष राम राजा प्रसाद साह सहभागी भएका थिए ।
दर्शनार्थीहरुको अत्याधिक भीडलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय गौशालाले व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेका थिए ।












