
शुभ नारायण यादव /सप्तरी
सप्तरीमा भएको माेटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकामा वडा नम्बर ९ मलेठका ४० बर्षीय अनुराधा मेहता रहेकाे प्रहरीले जनाएकाे छ ।
सप्तरीकाे हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ५ जोगिनियाँस्थित बाँधको बाटोमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प.७६२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही मोटरसाइकलको पछाडि सवार ती महिला गम्भीर घाइते भएको थियाे ।
उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरी जनाएको छ ।
मोटरसाइकल चालक मृतकको श्रीमान् विजय मेहता भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मेहताको शव कानुन बमोजिम लास जाँच मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य भई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एव डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।