महोत्तरी- गौशलाबाट लुटपाटमा संलग्न आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला मलगवा नगरपालिका ५ मा डेरा लिई वस्दै आएको २९ बर्षिय रमेश सहनी रहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ।



सहनीले एक महिलासंग असोज ७ गतेका दिन गौशालावजारबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाट गरेर फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवका अनुसार सहनीले गौशाला नगरपालिका ११ भरतपुरखोरका सुर्जकला देवी महतोको साथबाट सो रकम लुटेर फरार भएका थिए । सहनीलाई गौशाला नगरपालिका ७ को सिमामा पर्ने वाँके खोलाबाट पक्राउ गरिएको हो ।
ओखलढुगाबाट शम्भु महतोले पठाएको सो रकम गौशालास्थित एनआईसी एसिया वैकबाट निकालिएर घरतर्फ जाने क्रममा सहनीले रकम लुटेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
अल्फावेटिकल खुल्न नसकेको ७०५९ नम्बरको मोटरसाईकलमा रकम खोसी भागेको दृश्य सिसिटीभीमा कैद भएको र सो क्रममा अनुसन्धान गर्दा उनलाई पक्राउ गर्न सफल भएको यादवले बताए । प्रहरी नियन्त्रणमा रहेको सहनी उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।




