
जनकपुरधाम- धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुबीर महासेठले अग्रता कायमै राखेका छन् ।
उनले २ हजार ५ सय ४८ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका नेपाली काँग्रेस का महेन्द्र यादवले २ हजार ३ सय २२ मा मत प्राप्त गरेका छन् । यो आँकडाअनुसार महासेठ यादव भन्दा २ सय २६ मतले अगाडि छन् ।
यस्तै स्वतन्त्र कैची छापका उम्मेदवार कृष्ण महतोको पक्षमा २सय२९ मत छ भने जसपाका उम्मेदवार महाजन यादवले २ सय ८९ मत बटुलेको धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दंगालले जानकारी दिए।

प्रदेश सभा क तर्फ नेपाली काँग्रेसका शेष नारायण यादवले १ हजार ९ सय ५३ र उनलाई पछ्याउँदै एमाले का सन्तोष यादव १ हजार ८ सय १० र जसपाका ज्ञानेन्द्र यादवले ८ सय ६३ मत प्राप्त गरेका छन् ।
