वीरगन्ज । मधेश प्रदेशस्थित मधेश विश्वविद्यालयको अधिकृतले चढने सरकारी गाडी दुर्घटना भएको छ । वीरगन्जस्थित रहेको मधेश विश्वविद्यालयको कार्यालयबाटै कार्यालयको पर्खाल फोडेर सरकारी गाडी सडकमा निस्केपछि स्थानीयहरु जम्मा भएका थिए । चालकले अत्यधिक रक्सी सेवन गरी सवारी चलाउँदा गाडी ठोकेको बताईएको छ ।
गाडीका चालकले मधेश बिश्व बिधालयको प्राङ्गणको पर्खालमै गाडी ठोकेर दुर्घटनामा परेको छ । कुनै मानवीय छती नभए ता पनि गाडी चालक फरार रहेको छ । मधेस प्रदेश – ०२ –००१ झ ००२३ नम्बरको सरकारी सकर्पियो गाडी दुर्घटना भएको हो । स्थानीहरूका अनुसार विश्व विद्यालय भित्रबाट गाडी पर्खाल भत्काउँदै बाहिर निस्केको थियो ।



दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि विश्व विद्यलयको मूल ढोकासँगै जोडिएको पर्खालमा क्षति पुगेको छ । सवारी चालक भने फरार छन् । चालकले अध्याधिक मात्रामा मदिरा सेवन गरेको प्रयक्षदर्शीहरूले बताए । सरकारी गाडी पनि कुन निकायको भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साले सो सरकारी गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा थन्काएको छ भने चालकको खोजी भईरहेको जनाईएको छ ।




