महोत्तरी- प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीबाट पूजा महतो लाई कप्तानका लागि छनौट गरे पछि बधाईका ओईरो लागेको छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र महतोले युवा क्रिकेट खेलाडिलाई जागरुक गर्ने उद्देश्यले राष्ट्रिय महिला क्रिकेट खेलाडि पुजा महतोलाई गमछा ओढाई सम्मान गरेका हुन् । शुभकामना दिदै नगर प्रमुख डा. महतोले गौशाला नगरपालिकाले पनि युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने लक्ष्य लिएकोले अगामि आर्थिक वर्ष देखि खेलकुद र खेलाडिहरुका लागि छुट्टै बजेट बिनियोजन गर्ने बताए ।
सो अवसरमा उप–मेयर रेणु महतोले क्रिकेटर महतोलाई सम्मान गर्दै उनले क्रिकेटर पूजा यहाँका महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गरिन् ।
गौशाला नगरपालिका वडा नं. ९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा महतो राष्ट्रिय टिममा यसैबर्ष डेब्यू गरेकी हुन् । उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
पूजाको कप्तानीमा महोत्तरी टिम गठन
प्रधानमन्त्री कप महिला टी २० का लागि महोत्तरीमा पूजा महतोको नेतृत्वमा टोली घोषणा गरिएको छ । अगामी पुस १ गतेदेखि हुने खेलका लागि महोत्तरीबाट उनको नेतृत्वमा टोली घोषणा गरिएको हो । शनिवार घोषणा गरिएको टोलीमा पूजा महतो कप्तान रहेको छन् । त्यस्तै टोलीमा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन रहेका छन् ।




