भैरहवा- अनलाईन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरी ले पाँच जना लाई पक्राउ गरेको छ।
काठमाण्डौ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन ब्यबसाय सञ्चालन गर्ने पाँच जना लाई पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरी़क रविन्द्र रेग्मीले जानकारी गराएका छन् ।



पक्राउ पर्ने मा रामेछाप घर भई ललितपुर बस्दै आएका २७ वर्षीय छत्रबहादुर रोक्का, औखलढुङ्गा घर भई काठमाडौं कालोपुल बस्दै आएका ४४ वर्षीय सेके सार्की, सल्यान घर भई हाल बालाजु बस्दै आएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भई काठमडौं वडा नम्बर २६ बस्दै आएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।




