जनकपुर – ब्लड डोनर्ससोसाइटी नेपालको मेची-महाकाली रक्तदान सम्बन्धित उत्प्रेरणा अभियान अन्तर्गत आज ५ औ दिन धनुषा मा Blood For Need – आवश्यकतामा रगत धनुषा को आयोजना रा.रा.ब क्याम्पस जनकपुरधाम मा र राजर्षि जनक क्याम्पस जनकपुरधाम मा स-सचेना मुलक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम को आयोजना ब्लड फर निड धनुषा आवश्यकता मा रगत धनुषा ले गरेको थियो भने सह आयोजनामा मा ब्लड डोनर सोसाइटी नेपाल ले गरेको थियो।
कार्यक्रम मा ब्लड फर निड धनुषा को संयोजक बलराम प्रसाद गुप्ता,अस्थायी सचिव रवि कुमार मण्डल, सदस्य अजय झा, सरोज प्रसाद साह, श्याम साह का उपस्थित थिए,त्यसैगरी ब्लड डोनर्स सोसाइटी नेपाल का केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अन्जन दवाडी , केन्द्रीय सदस्य अन्जन तिवारी,सदस्य कृष्णा शर्मा,सलाहकार बाल चन्द्र पोखरेल उपस्थित थियो।
उक्त स-सचेना मुलक कार्यक्रम मा रा रा ब क्याम्पस मा २०० भन्दा बढी विधार्थीहरुको सहभागी रहेको थियो भने राजर्षि जनक क्याम्पस मा १६७ जना विद्यार्थीहरु सहभागी रहेका थिए। रगत, रक्तदान र रक्तदान किन गर्ने रक्तदान गर्दा हुने फाइदा हरुको बारेमा चर्चा गरियो।


