भैरहवा- अजरबैजान पठाईदिने भन्दै ६ लाख ७७ हजार ठगी गर्ने लाई बुढानीलकण्ठ वाट र कुवेत पठाईदिने भन्दै तीन लाख ठगी गर्ने लाई ललितपुर टिकाथली वाट प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा खोटाङ घर भई हाल काठमाण्डौँ बुढानीलकण्ठ नगरपालिका वडा नं.०२ बस्ने ५१ वर्षिय हरी कुमार दाहाल र धनुषा घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगर पालिका वडा नं. ०५ टिकाथली बस्ने २० वर्षिय दिपेन्द्र कुमार राउत रहेको प्रहरी ले जनाएको छ।



हरी कुमार दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाईदिने भनी विश्वास दिलाई पटकपटक गरी ६ लाख ७७ हजार रकम लिई सम्पर्क विहीन भएको र दिपेन्द्र कुमार राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिने भनि ३ लाख रुपैँया रकम लिई सम्पर्क विहीन भई ठगी गरेको ले निज हरु लाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन् ।




