महोत्तरी - मधेश प्रदेश महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वाड नं. १० मरुवाही निवासी पुलकित मिश्र को ६० वर्षको छोरा जय कुमार मिश्र खाना र कपडा बिना बेसहारा बनेका छन्।
माघ ८ गते सोमबार (२२ जनवरी) को जय श्री राम, जय सियाराम को नारा लगाउँदै बाटोमा हिँड्दै थिए। मिश्र विगत ४४ वर्ष देखि पूरोहित पेसामा आबद्ध भएर दर्जनौं गाउँमा पूजा पाठ गराउदै आएको थियो। त्यही आम्दनी ले घर परिवार चलाउदै आएका थिए। अचानक २ वर्ष देखि मिश्र को आँखामा रोग लागेको छ आँखा बाट हेर्न सक्नुहुन, अहिले गाउँ घरमा मागेर जीवन पालन गर्दै आएको छ। यति चिसो हावापानी मा लगाउनको लागि न्यानो कपडा छैन खाना पकाउन घर चावल दाल तरकारी छैन, एउटा श्रीमती र चार छोरी दुई छोरा सहित घरमा आठ जना परिवारमा छ।
मिश्र विरामी भएपछि परिवार बेसहारा बनेका छन्, स्थानीय सरकार संग सहयोग माग्दा बजेट विनियोजन भएको छैन भन्नुहुन्छ मिश्रको भनाई छ। नेपाल सरकार र दातालाई सहयोग गर्नको लागि पुरोहित को श्रीमती गौरी देवी ले अनुरोध गर्नुभएको छ।




