
भैरहवा- गौतम बुद्ध को जन्मस्थल लुम्बिनी मा ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार विहान पर्यटकलाइ स्वागत गरिएको छ ।

लुम्बिनी विकास कोष का उपाध्यक्ष डा. ल्हारक्याल लामा ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका छन् ।

लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाल े संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाईएको हो । उक्त अवसरमा लुम्बिनी विकास कोष का सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गाविन्द ज्ञवाली, कोष का सुचना तथा जनसम्पर्क प्रमुख डा । हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए।
