महोत्तरी – नेपाली कांग्रेसका औरही नगरपालिका नगर सभापति युगेन्द्र यादवकी पत्नी राजकुमारी देवी यादवको निधन भएको छ ।
उनकाे उपचारका क्रममा मंगलवार बेलुका काठमाडौंमा निधन भएको पारिवारिक श्राेतले जनाएको छ । उनको महाराजगंजस्थित टिचिंग हस्पिटलमा उपचार भइरहेको थियो ।



कांग्रेसका प्रदेश कमिटिका सदस्य नरेन्द्र यादवले राजकुमारी देवी यादवको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले राजकुमारी भाउजु प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समबेदना ब्यक्त गरेका छ्न् ।




