महोत्तरी(औरही )- महोत्तरीको औरही नगरपालिका स्थित श्री सोनामाई मन्दिरको संरक्षण सम्वर्द्धन गर्न समिति पहिलो पटक समिति गठन गरिएको छ । समितिमा स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मीहरुको सहभागीता रहेको अध्यक्ष राम प्रवेश राय यादवले बताए ।
यस अघि कुनै समितिहरु नभएकोमा अहिले समिति गठन गरि संरक्षण सम्बर्द्धन गर्ने उद्देश्य रहेको समितिको पहिलो सदस्ता लिएका औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले बताए। त्यसैगरी दोस्रो सदस्यता औरही नगरपालिका ७ वडा अध्यक्ष जीतेन्द्र यादव,तेस्रो सदस्ता सोनामाई मन्दिरका मन्दिर संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष यादव,चौथो सदस्ता औरही नगरपालिका वडा ९ वडा अध्यक्ष रघुनन्दन चाैधरी र पाचौं सदस्ता लोसपा पार्टीका नगर संयोजक दरेशले प्रदान गरेका हुन् । समितिमा अहिले नयाँ सदस्यता लिनको लागि समेत आह्वान गरिएको छ।



यस्तो छ सोनामाईको इतिहास

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. ७ भोइलमा रहेको सोनासती महरानीको मन्दिर सोनामाइ मन्दिरको नामले प्रचलीत छ । जिल्लाकै महत्वपुर्ण एवं चर्चित धार्मिक स्थलको रुपमा रहेको छ । जलेश्वर राजमार्गको बीचमा रहेको सोनामाईको मन्दिर सदरमुकाम जलेश्वरवाट २३ कि. मि. उत्तरमा पर्छ । यहा“ विशेष गरी भुत,प्रेत, पिसाच,दुष्ट आत्मा, बोक्सीहरु द्वारा सताइएका व्यक्तिहरुलाई झार फुक एवं तान्त्रीक विधीद्वारा निको पार्नुको अतिरिक्त सन्तान नभएकाहरुलाइ सन्तान प्राप्त हुने जस्ता अनेकौ महत्वकांक्षाहरु पुरा हने जन विश्वास रहेकोले यहा“ दैनिक जसो पुजा पाठ,आराधना,दर्शन तथा वलि प्रदान गर्न भक्तजनहरु आउने गर्छन । साथै दशैमा यहा“ भुत मेला पनि लाग्ने गर्छ । सोनासती महरानीको उत्पतीको सम्वन्धमा चर्चा गर्दा करीव पा“च सय बर्ष पुर्व हाल मन्दिर रहेको क्षेत्र पुरै जंगल थियो । जंगलमा गाई भैसी चराउन दक्षणी भेगवाट मान्छेहरु समुह वनाएर आउथ्यो र राती वास जंगलमै वस्थयो ।
एक दिन चरीरहेकै अवस्थामा पा“चवटा भैसी एकै साथ हरायो । भैसी खोज्दै जा“दा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा अनौठो अनुभव हुन थाल्यो एक छिन पछी सोनासती महरानी मानवको रुपमा प्रकट भई आफ्नो परीचय दिदै भैसी आफुस“ग रहेको जानकारी गराउनु भयो । मलाई दैनीक पुजापाठ,साझवती, आरती गरे मात्र भैसी दिने नत्र नदिने शर्त अगाडी वढाउनु भयो । यिनीहरुले शर्त स्वीकार गरे । त्सै दिन देखी यहा“ पुजा, पाठ, आरती हुदै आएको छ । अर्को प्रसंगमा पुजरी माझी झाको मित्र माझी चौधरी विना कसुर विरगंज जेलमा थियो । जेलवटै सोनासती महरानीको मन्दिर वनाइदिन्छु भनी स्मरण गर्दा जेलमा कसैलाई जानकारी नभइ जेलवाट निस्के । मन्दिर निर्माण हुनुपुर्व यहा“ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौंको रुखको टोड्कामा सोनासती महरानी अवस्थित रहेको स्व. पुजारी राजेन्द्र झा वन्ठुको भनाइ थियो । केही बर्ष पछी पुजारीले कहचरीया स्थानवाट मुर्ती ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर वनाई दैनीक पुजा पाठ गर्न थाल्नु भयो । पुर्व वाचा गरे अनुसार मन्दिर वनाइ दिदा त्यसमा पुजापाठ हुनथाल्यो ।
पुरानो मन्दिर जीर्ण भएको कारण त्यसलाई भत्काइ अहिले नया“ मन्दिर वनेको छ र यसै मन्दिरमा माताको पुजा पाठ आरती दैनक रुपमा भइरहेको छ ।नेपालकै धार्मिक एवं ऐतीहासीक धरोहर मध्येको यो मन्दिर एउटा शक्ति पिठ हो । यहा“ विशेष गरी दसैमा नेपाल तथा छिमेकी मुलुक भारतका हजारौ श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्छ । सोनामाईको मन्दिर लाई भौगोलिक,प्रकृतिक एवं ऐतिहासीक हिसाबले पनी ज्यादै महत्वपुर्ण मानिन्छ ।हरेक वर्ष वडादशैंको शुभ अवसरमा घटस्थापना देखी विजयादशमी सम्म धुम धाम सग“ विशेष पुजा अराधना गर्नुको साथै यहा“ ठुलो मेला लाग्ने गर्दछ ।
यसो भए तापनी प्रत्येक दिन यहा“ श्रद्धालु भक्तजनहरु पुजा पाठ गर्न, दर्शन गर्न ,वलि प्रदान गर्न, मनोकामना पुरा गर्न आउने क्रम जारी नै रहन्छ । मनोकामना पुरा भएको व्यक्ति पुर्व वाचा अनुसार लडु,मिठाई तथा वोका,परेवा,रागा“ लगायतका पंच वलि चढाउने गर्छ । कति ले त सुन चा“दीका गहना,कपडा, मौर, गेरुवा,चनमा आदी चढाउने गर्छ । कति ले त विभिन्न किसिमका घण्टीहरु समेत चढाउने गर्छ । प्रत्येक वर्षको वैसाख देखी अशोज सम्म यस वरपरका छिमेकी गा“उहरुवाट(पहिले मेघनाथवाट) चामल,धुप,अगरवती, फुल,पैसा आदी संकलन गरी महिला र पुरुषको समुह वनाएर पुजा गर्न आउने चलन समेत रहेको छ ।
कुन दिन के के हुन्छ

आदी शक्ति माता दर्गा भवनीको अनेकौ रुप रहेतापनी धर्मशास्त्रमा मुख्य रुपमा नौ रुपको वर्णनन् गरीएको पाइन्छ । पहिलो रुप शैलपुत्री दोश्रो व्रहमचारणी तेश्रो चन्द्रघण्टा तस्तै कुष्माण्डा, स्कन्धमाता र कात्यायनी माता आदी शक्तिको चौथो, पाचौ र छठौ रुपको नाम हो । सातौ, आठौं र नवौं रुपको नाम क्रमशः कालरात्री, महागौरी र सिद्धीदातृ रहेका छन । हिन्दु धर्मालम्वीहरु दशैंमा यीनै नौरुपको नौ दिनसम्म विशेष श्रद्धाको साथ पुजापाठ अर्चना गर्दै आइरहेका छन । यसै नौ दिनसम्म भक्तजनहरु मातालाई खुशी पार्न, इच्छा पुर्ती गर्न विभिन्न मन्दिर घाउ“छन । त्यसमा एउटा सोनामाईको मन्दिर नेपालकै प्रसिद्ध एवं ख्याति कमाएको रुपमा चिनिएको छ ।
असोज शुक्ल प्रतिपदा देखी विजया दशमी सम्म यहा“ ठुलो मेला लाग्ने गर्छ । पहिलो अर्थात घटस्थापनाको दिन विहन ३–४ वजे पुजारीको घरवाट परमपरागत वाजागाजा (ढोल पिपही) को साथ सवै पुजारी सामेल भई“डाला”(धुप,दीप,अक्षत,कलश,नैवेध,रातो कपडा,खर्ग आदी) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिन देखी नवरात्र आरम्भ हुन्छ । द्वितीया देखी षष्ठी सम्म ठुलो संख्यामा भक्तजनहरु आउने पुजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाइ, माता लाई चढाउने तथा वोका, परेवाको वलि प्रदान गर्ने र मेला लाग्ने गदर्छ ।
सप्तमीको दिन विभिन्न ठाउ“वाट(विरता,डोलठी आदी) आएको फुलपाती मन्दिरमा भित्रिन्छ । त्यसै निशा पुजा अष्टमीको दिन हुन्छ र सो दिन रातीमा धुप–दिप, नैवेध,फल फुल,चुरा,सुन,चा“दी आदीले भव्य पुजा भई मन्दिर भित्रै बोकावली दिन्छ त्यस्तै कुभिन्डोको बलि राजदेवीलाइ दिइन्छ तथा माताको जीउ भरी घृत र सिन्दुर लगाई नया“ कपडा लगाउने चलन छ । महानवमीको दिन करीब १०० देखी १५० को संख्यामा रा“गाको बलि प्रदान हुन्छ । विजया दशमीको दिन फेरी “डाला“ मन्दिरवाट परमपरागत वाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत तरीकाले सोनामाई मेलाको समाप्ती हुन्छ ।
यसै दिन यस वरपर (भोइल,टिमकिया,औरही,चेपकट,श्रीपुर,मेघनाथ गोरहन्ना आदी) का वासिन्दाहरु खुशीले लडु,मिठाई,पेडा,खोवा, जिलेवी आदी चढाउने गर्दछ । यसैविच चौठी देखी अष्टमी सम्म भुत मेला लाग्ने गदर्छ । यी पा“च दिन सम्म करीव तीन चार सयको संख्यामा आफुलाई भुत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्सिहरु द्वारा सताइएका ठानिएका व्यक्तिहरु यस गाउ“को चारै तिरको सिमा क्षेत्रमा प्रवेश गर्दा उक्त व्यक्तिहरु रुदै,कराउदै,दौडदै यहा“ अवस्थित राजदेवीमाईको खुट्टानिर लडने गर्दछ र यहा“का पुजारीहरुले पिडीत व्यक्तिहरुलाई मन्त्र,तन्त्र,जन्त्र द्वारा बाध्ने तथा आयुर्वेदीक औषधीको माध्यमले वैदिक उपचार एवं सल्लाह दिनु हुन्छ ।
मेलाको दशौं दिन सम्म करीव २–३ हजारको संख्यामा बोका ,परेवा लगायतका वली प्रदान गरीन्छ । सोनासती महरानीको मन्दिर सोनामाई स्थानको नामले प्रचलीत छ । यहा“ गणेश,राजदेवी,सरस्वती आदी देवी देवताको मुर्तीको अतिरीक्त तपसी बाबाको धुनी रहेको छ जसमा चौबीसै घण्टा आगो बलिरहन्छ । धर्मिक एवं ऐतिहासीक महत्व वोकेको सोनामाईको मन्दिर क्षेत्र भौगोलिक स्थिती र प्राकृती मनोरम दृश्यले भरीपुर्ण रहेको यस मन्दिरको संरक्षण र विकास गरीन अत्यन्त आवश्यक छ । यो क्षेत्रको सही पहचान गरी संरक्षण तथा विकास गरीए पर्यटकिय क्षेत्र वनाउन सकिने धेरै सम्भावना रहेको छ ।




