भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु बिहीवार र शुक्रवार पनि बरामद गरेको छ ।बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य १२ लाख १२ हजार ५ सय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १३ कालिदह मा भारत वाट नेपाल तर्फ अवैध रुप मा लु २ प १३३८ र लु ३९ प ३५८८ नम्वर को मोटरसाईकल वाट ओसार पोसार गरि गोदाम गरि राखेको २९० बोरा प्याज अनुमानित १० लाख ४७ हजार ५ सय को नियन्त्रण मा लिएको र सिद्धार्थ नगर नगरपालिका वडा नं ६ गल्लामण्डी वाट अवैध रुप मा लु ६ प २११९ नम्वर को मोटरसाईकल मा ल्याउँदै गरेको प्याज, खुर्सानी लगायत को विभिन्न सामान अनुमानित ८७ हजार मुल्य को बरामद गरेको छ।




इलाका प्रहरी कार्यालय बुटवल वाट खटिएको प्रहरी टोली ले तिलोत्तमा नगरपालिका वडा नं ३ वाट १० हजार मुल्य बराबर को चिनी र इलाका प्रहरी कार्यालय बेथरी वाट खटिएको प्रहरी टोली ले मायादेवी गाउँपालिका वडा नं ३ सुण्डी वाट लु ४ प ५१६३ नम्वर को मोटरसाईकल मा ल्याउँदै गरेको सामान ६८ हजार मुल्य बराबर को बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ ।
बरामद गरिएको सम्पुर्ण सामान र मोटरसाईकल लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




