काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय वार्ता भएको छ ।
होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको हो ।



नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुनमन्त्री पदम गिरी लगायत छन्।
द्विपीक्षीय वार्ताका क्रममा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच वान अन वान भेटवार्ता भएको थियो।




